मातातीर्थ औंशीको अवसरमा नेपाली स्वादमा रमाउँदै ईजरायलीहरु — OSNepal

मातातीर्थ औंशीको अवसरमा नेपाली स्वादमा रमाउँदै ईजरायलीहरु

LC (KTM) May 12, 2021 0

काठमाडौँ । गत वर्ष नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० अभियानको अवसर पारेर नेपाल जाने योजना बनाइरहेका बेला एक्कासी कोरोनाले सारा योजना चौपट पारिदियो । कोरोना महामारीका कारण नेपाल आउन तयार रहेका तर जान नपाएका केही ईजरायलीलाई नेपाली राजदूतावास परिवार, तेल अबिब, ईजरायलले आमन्त्रण गरी नेपाली रेस्टुरेन्ट गोर्खा किचनसँगको सहकार्यमा दूतावासले तेलअबिबमा नेपाली खानाको स्वादसँगै एक भेटघाट कार्यक्रमको आयोजना गरेको छ।

राजदूत डा शाक्यका अनुसार नेपाल- ईजरायल कूटनीतिक सम्बन्धको ६०औं बर्षगाँठको उपलक्ष्यमा ईजरायलमा नेपाली खानाको प्रवर्द्धनका साथसाथै यस महामारीको अन्त्यपछिका पर्यटन प्रवर्द्धनका कार्यक्रममा समेत सघाउ पुर्याउने हेतुले आयोजना गरिएको उक्त कार्यक्रममा २० जना ईजरायलीको सहभागिता रहेको थियो।

कार्यक्रम आयोजना गर्न सघाउने ईजरायली डेनेलिया ओरेन, नेपालीहरु तेन्जिङ शेर्पा, बिपिन तामाङ, तथा गोर्खा किचनू टिमलाई धेरै धेरै धन्यवाद भन्दै राजदूत डा. अन्जान शाक्यले अहिले पनि स्मरण गरिरहेकी छिन् । राजदूत डा. शाक्यले कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्णमा आभार प्रकट गर्दै मातातीर्थ औंशीको उपलक्ष्यमा ईजरायल, साईप्रस लगायत संसारभर रहनु हुने सम्पूर्ण आमाहरुको सुस्वास्थ्य, दीर्घ जीवन तथा उत्तरोत्तर प्रगतिको कामना समेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर