दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा ४२ सयले गुमाए ज्यान — OSNepal

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा ४२ सयले गुमाए ज्यान

LC (KTM) May 12, 2021 0

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ४८ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ ।लगातार ४ लाख संक्रमित हुँदै आएकोमा घटेर ३ लाख ४८ हजार ५२९ जनामा संक्रमण देखिएको छ ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा यो सँगै कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ४० हजार ४५६ पुगेको छ । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ९ हजार ५५७ छ । त्यस्तै भारतमा १ करोड ९३ लाख ७६ हजार ६७४ जनाले कोरोना जितेका छन् ।यस्तै त्यहाँ एकैदिन ४२ सय संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५४ हजार २२५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर