सदीक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर — OSNepal

सदीक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर

LC (KTM) June 11, 2022 0

विजय थापा:

पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ अमेरिकाको न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को भूमिका निर्वाह गर्ने भएकी छिन । मिस नेपाल नर्थ अमेरिका आयोजकले उनलाई २०२२ को लागि पनि आधिकारिक कोरियोग्राफरको रुपमा नियुक्त गरेको घोषणा गरेको छ ।

मिस नेपाल नर्थ अमेरिका ( उत्तर अमेरिका नेपाल सुन्दरी )को स्थापना काल देखि नै लगातार जोडिएकी श्रेष्ठले यस पटक पनि प्रतियोगिता भरि उनले प्रशिक्षण दिने छिन् । बिगतमा सफलतापूर्वक सम्पन्न भएका ३ वटा प्रतियोगितामा प्रतियोगीहरुलाई उत्कृष्ट तालिम दिई प्रतियोगीहरुको आत्मविश्वास वृद्धि गर्दै श्रेष्ठले प्रतियोगितालाई अर्को तहमा पुर्याएकी छिन ।सदीक्षा श्रेष्ठ पूर्व नेपाल सुन्दरी हुन् भने उनि मिस नेपाल वर्ल्ड (नेपाल बिश्व सुन्दरी)२०१० हुन् ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ ।प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरूको लागि आवेदन पत्र दिने अन्तिम मिति आगामी जुन २९ ,२०२२ तोकिएको छ । आयोजक समूहको संस्थापक तथा संचालक शैलेश श्रेष्ठले प्रतियोगितामा सहभागी हुन् शीघ्र नाम दर्ता गराउन इच्छुक सबैलाई आग्रह गरेका छन् ।

ग्रान्ड फिनाले अर्थात् समापन समारोह अगस्त ६ ,२०२२ को दिन शनिवारका न्यूयोर्क शहरमा हुनेछ ।१२ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिका(उत्तर अमेरिका नेपाल सुन्दरी )प्रतियोगिताको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर