कुबेत संग नेपाल पराजित, नेपालका लागि दर्शनले ईन्जुरी समयमा १ गोल फर्काए — OSNepal

कुबेत संग नेपाल पराजित, नेपालका लागि दर्शनले ईन्जुरी समयमा १ गोल फर्काए

LC (KTM) June 11, 2022 0

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग चार एक गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे ।

नेपालका दर्शन गुरुङले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । खेलको इन्जुरी समयमा दर्शनले एक गोल फर्काएका थिए । यस हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा नेपाल जोर्डनसँग दुई शुन्यले पराजित भएको थियो । छनोटको समूह ए मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । यस हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर