चर्चित र्‍यापर जिबब र एएनटिएफको फाउन्डर निम्साङ मिडियामा, जिबब भन्छन् -आमालाई पैसा मात्र चाहिएको छ — OSNepal

चर्चित र्‍यापर जिबब र एएनटिएफको फाउन्डर निम्साङ मिडियामा, जिबब भन्छन् -आमालाई पैसा मात्र चाहिएको छ

LC (KTM) June 11, 2022 0

अहिलेका चर्चित र्‍यापर जिबब बिबादमा तानिए संगै मिडियामा आएका छन् । उनका आमाबुबाले एएनटिएफले बन्धक बनाएर लागुऔषध खुवाइरहेको आरोप लगाएपछि जिबब र एएनटिएफको फाउन्डर निम्साङ मिडियामा आएर आरोपको खण्डन गर्दै सबै कुरा झुटा रहेको बताएका छन् । जिबब र निम्साङ दुवै एक अनलाईन टेलिभिजनको टक शो मा पहिलो पटक आउँदै जिबबको परिवारले लगाएको आरोप झुटो भएको दाबी गरे।

कार्यक्रममा जिबबले आफ्नै आमामाथि गम्भीर आरोप लगाए । आमाले सधै पैसाको लागि किचकिच गर्ने गरेको दाबी मात्र गरेनन् अब आफू बालिग भएकाले आफ्नो निर्णय आफै गर्न सक्षम रहेको पनि प्रष्ट पारे । उनले आफ्नी आमालाई पैसा मात्र चाहिएको दाबी गरे । उनले भने मेरो परिवार संग पहिलादेखि नै सम्बन्ध ठिक छैन । अहिले म चर्चित भएपछि पैसाका लागि आमाले किचकिच गरेकी हुन् ।

एएनटिएफका फाउन्डर निम्साङले भने जिबब स्वैच्छिक रूपमा एएनटिएफसँग आबद्ध भएको र दुबैबिच ७०(३० को सहमति भएको खुलासा गरे । अस्ट्रेलिया टुर, सिक्किम टुर, ए मेरो हजुर ४ सबैको ७० प्रतिशत पैसा जिबबलाई दिएको उनले दाबी गरे। उनले जिबबले भने उनको परिवारलाई पैसा दिन तयार रहेको बताए ।

जिबबले अहिले पनि आफूले ड्ग्स लिने गरेको स्विकार्दै आमाले भनेजस्तो हाइडोज नलिने दाबी गरे । आफू रिह्याब र चिकित्सकको सम्पर्कमा निरन्तर रहेको र ट्रिटमेन्ट गरेर डोज घटाइरहेको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर