दरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमको बराबरी — OSNepal

दरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमको बराबरी

LC (KTM) June 12, 2022 0

काठमाडौं, २९ जेठ :

यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह ए ४ को तेस्रो खेलमा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक एक गोल गरे ।

अर्को खेलमा वेल्स र वेल्जियमले १–१ गोलको बराबरी खेले । युरी टिइलेमान्सको गोलसँगै वेल्जियमले खेलको ५०औं मिनेटमा १–० को अग्रता लियो । खेल खेल सकिँन ४ मिनेट बाँकी रहँदा ब्रेन्नान जोनसोनले गोल गर्दै वेल्सको हार टारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर