सातै प्रदेशमा सुविधासम्पन्न अस्पताल बनाउन बिजुक्छेको माग — OSNepal

सातै प्रदेशमा सुविधासम्पन्न अस्पताल बनाउन बिजुक्छेको माग

LC (KTM) June 16, 2021 0

भक्तपुर- भक्तपुर नगरपालिकाले जनताबाट स्वतस्फूर्त सङ्कलित रकमबाट ख्वपः अस्पतालमा सञ्चालनमा स्थापना गरेको अक्सिजन प्लान्टको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्नुभएको छ ।नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन गर्दै उहाँले कोभिड महामारीविरुद्धको लडार्इँमा संसारका धनी र विकसित देशलाई समेत कठिन भएको बताउदै सातवटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउन सरकारसँग माग गर्नुभयो ।

नेपाल भारतबीचको सीमा नाका समयमै आवश्यक निगरानी, चेकजाँच र कडाइ गर्न नसक्दा नेपालमा कोभिड–१९ को सङक्रमण महामारीको रुपमा फैलिएको भन्दै उहाँले जनताको जीवन रक्षामा सरकार चुकेको आरोप लगाउनुभयो । अध्यक्ष बिजुक्छेले जनतालाई सामुदायिक र निजी अस्पतालबीचको भिन्नता र महत्वबारे सचेत पार्नुपर्ने र समाजमा आमूल परिवर्तनको निमित्त जनतालाई नै राजनैतिक रुपले सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोनाको पहिलो र दोस्रो लहर नेपालमा पैmलिएसँगै जनताको जीवन रक्षालाई प्राथमिकतामा राख्दै २०७८ बैशाख १७ गतेदेखि नै ख्वपः अस्पतालमा कोभिड युनिट सञ्चालन गरेको बताउनुभयो । सो अस्पतालमा रु १ करोड २३ लाख ३६ हजार खर्च गरेर अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर