विग्गेशसँग बिहे गरेको केही दिनमै किन बिवादमा तानिइन् नयनतारा ? — OSNepal

विग्गेशसँग बिहे गरेको केही दिनमै किन बिवादमा तानिइन् नयनतारा ?

LC (KTM) June 12, 2022 0

काठमाडौं :

विवाह गरे लगत्तै दक्षिण भारतीय फिल्मकी अभिनेत्री नयनतारा बिवादमा तानिएकी छन् । र निर्देशक विग्गेश शिवनले गत जून ९ मा धुमधामका साथ विवाह बिहे गरेकी नयनताराले मन्दिरमा चप्पल लगाएर पुगेपछि विवादमा तानिएकी हुन् ।

तिरुपति मन्दिरको मादा रोडमा खाली खुट्टा हिँड्नुपर्ने ठाँउमा चप्पलमै मन्दिर पुगेपछि उनीमाथि स्पष्टिकरण सोध्ने तयारी भइरहेको भारतिय मिमिडयाले जनाएका छन् । मन्दिरका प्रबन्धक नयनतारासँग रिसाएको बताइएको छ ।

त्यहाँका सुरक्षाकर्मीले नयनताराले चप्पल लगाएको हो वा होइन भन्ने थाहा पाउन सिसिटिभी फुटेजको सहारा पनि लिएको बताइएको छ । तिरुमाला तिरपति देवास्थनम बोर्डका चिफ विजिलेन्स सेक्युरिटी अफिसर नरसिम्हा किशोरले अभिनेत्रीलाई मादा रोडमा चप्पलमा हिँडिरहेको देखेका थिइन् ।

यतिमात्र नभई उनीहरुले तस्वीर खिचेको पनि देखे । यो मन्दिरमा तस्वीर खिच्न अनुमति छैन । यता विग्नेशले भने नयनताराले गरेको गल्तीप्रति बोर्डसँग माफी मागेका छन् । तिरुपति प्रति आस्था राख्ने भएपनि उनको गल्ती अञ्जानबस भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर