अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च — OSNepal

अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च

LC (KTM) June 12, 2022 0

कुवेत सिटी, २९ जेठ:

टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च भएका छन् । शनिबार राति नै अस्पतालले डिस्चार्च गरेपछि उनी आफ्नो घर पुगेका थिए ।

अस्पतालले सुरुमा एक दिन अस्पतालमै बस्नुपर्ने बताए पनि राति नै डिस्चार्च गरेको हो । यसपछि उनी आफ्नो घर पुगेका थिए । अब भने उनी टिम रहेको होटल फर्कने छन् ।

शनिबार कुवेतविरुद्ध नेपाल खेल्दै गर्दा ४८ मिनेटमा अब्दुल्लाह टेक्निलक एरियामा ढलेका थिए । पछिल्लो समय अब्दुल्लाहमा मुटुको समस्या देखिएको छ । प्रतियोगितापछि अब्दुल्लाह गृहनगर कुवेतमै रहेर उपचार गर्ने तयारीमा थिए ।

एएफसी एसिया कप २०२३ छनोटको लागि यतिबेला कुवेतमा रहेको नेपाली टिमले लगातार दोस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम खेलमा नेपालले ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर