गायिका इन्दिरा जोशी र शरदले मेहेन्दी लगाइरहेका तस्विर बाहिरिए, सारीमा सजिएकी इन्दिरा देखिइन् अत्यन्तै सुन्दर — OSNepal

गायिका इन्दिरा जोशी र शरदले मेहेन्दी लगाइरहेका तस्विर बाहिरिए, सारीमा सजिएकी इन्दिरा देखिइन् अत्यन्तै सुन्दर

LC (KTM) June 12, 2022 0

काठमाडौं । गायिका इन्दिरा जोशीको एउटा तस्विर अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।तस्विर हो मेहेन्दी उत्सवको । गत वर्ष इन्गेजमेन्ट गरेका गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्वीर बाहिरिएसँगै अहिले उक्त तस्विरको चौतर्फी चर्चा सुरु भएको छ ।

यो जोडी सार्वजनिक तस्वीरमा निकै खुशी देखिएका छन् । सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएको खुबै सुहाएको छ ।यसअघि उनीहरुले आफूहरु चाँडै बिहे बन्धनमा बाँधिने बताउँदै आएको बताएता पनि कहिले भन्ने कुरा खुलाएका थिएनन् ।

तीन वर्षदेखि सम्बन्धमा रहेको यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरे सँगै उनीहरुको चर्चा चुलीएको थियो ।शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेसँगै यो जोडीलाई धेरैले बधाई तथा शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर