फुटको संघारमा पुगेको एमालेमा के हुँदैछ हिजोआज ? ओली र माकुनेबिच बोलचाल सुरु भएको हो फेरी ? — OSNepal

फुटको संघारमा पुगेको एमालेमा के हुँदैछ हिजोआज ? ओली र माकुनेबिच बोलचाल सुरु भएको हो फेरी ?

LC (KTM) June 16, 2021 0

नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखापरेको विवाद केही मत्थर जस्तो देखिए पनि सहमतिको खाका तय हुन सके को छैन । केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिकोबिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।

नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक तथा अनौपचारि करूपमा निरन्तर छलफल भइरहेको तरसहमतिको खास बिन्दुको टुङ्गो लागिनसकेको बताए ।

उनले पार्टीभित्रको समस्या समाधानका लागि दोस्रो पुस्ताका नेताहरूले निरन्तर लिएको पहल सकारात्मक रहेको र केही दिनमा सहमतिसाथ थायी कमिटी बैठक बस्नसक्ने बताए । केही सञ्चार माध्यममा असार २ गते दुवै पक्षको सहभागितामा स्थायी कमिटीको बैठक बस्ने भनिए पनि त्यस्तो सम्भावना अहिले नरहेको प्रवक्ता ज्ञवालीले बताए ।

प्रदेश १, बागमती, कर्णालीलगायत प्रदेश सरकारमा निर्माण भएको सहमतिको वातावरणले पनि एमाले एकताका लागि वातावरण तयार पारेको धारणा उनको छ । यो समाचार गोरखपात्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर