पाँच दिने भ्रमणको लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान — OSNepal

पाँच दिने भ्रमणको लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान

LC (KTM) June 13, 2022 0

काठमाडौ ३० जेठ । पाँच दिने भ्रमणको लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज आज सोमबार रुस प्रस्थान गरेका छन् ।

रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा रुस प्रस्थान गरेका गहतराजसहित मन्त्रालयका सचिव दामोदर रेग्मी यस भ्रमणमा सहभागी भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा नै मन्त्री गहतराजले रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका थिए । त्यसैले उनको यो भ्रमणलाई निकै अर्थपुर्ण रुपमा लिइएको छ ।

भ्रमण जानु अघि उनले खेलकुद कूटनीति मार्फत् नेपाल–रुसको ६६ वर्ष पुरानो सम्वन्ध सुधारमा भूमिका खेल्ने बताएका छन् । भ्रमणको क्रममा उनले रुस सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ ।

खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाको भ्रमण र अनुभव आदानप्रदान गर्ने कार्यक्रमसमेत तय भएको मन्त्री गहतराजले नै जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर