बालबालिकाहरु लाई मोबाइलको लत बाट यसरी छुट्कारा दिलाउन सकिन्छ — OSNepal

बालबालिकाहरु लाई मोबाइलको लत बाट यसरी छुट्कारा दिलाउन सकिन्छ

LC (KTM) June 13, 2022 0

सुचना र प्रबिधिको बिकास संगै सबै जनालाई अहिले काम गर्न, रमाईलो गर्न सहज भएको छ । आज भन्दा एक दशक अघि कमैले मोबाईलको प्रयोग गर्ने गरेका थिए । तर अहिले ब्यक्ति प्रत्येक मोबाईलको प्रयोग हुन थालेको छ । मोबाईलको बढ्दो प्रयोग संगै यस बाट सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका छन् । अहिलेका अधिकांश बालबालिका मोबाईलमा घण्टौ सम्म गेम खेलेर बिताउने गरेका छन् ।

यसको लतले बालबालिका एकदमै ग्रसित रहेका छन् । गेम खेल्न नपाउँदा बालबालिकाले आपराधिक क्रियाकलाप समेत गर्ने गरेका छन् । त्यतिमात्र हैन बिभिन्न समस्या बाट पनि पीडित भईरहेका छन् । यसै सन्दर्भमा उाीहरुलाई यो लत बाट कसरी छुट्कारा दिने भन्ने कुरा आज हामी तपाई लाई बताउन गईरहेका छौ ।

किन खेल्छन् मोबाईलमा बालबालिका हिंस्रक गेम ?

बालबालिकाको चाहना फरक हुन्छ । उनीहरु नयाँ नयाँ गेमको खोजीमा हुन्छन् । तसर्थ खोजी खोजी यस्ता गेमहरु खेल्ने गर्छन् । उनीहरु नयाँ नयाँ गेम खेलेर आफू जित्न चाहन्छन् भने अरुलाई हराउन पाउँदा एकदमै आनन्द महसुस गर्छन् । भिडियो गेमको दुनियाँमा आफ्नो नाम होस् र मैले जसरी पनि जित्नुपर्छ भन्ने भावनाको विकास हुन्छ

अभिभावक कठोर बन्दा निराकरण होला त यो समस्या ?

अभिभावकहरु यस्ता हुन्छन् कि बालबालिकालाई कडाई गर्दा यो लत बाट छुट्कारा दिन सकिन्छ । तर जति कडाई गर्न खोजे पनि उनीहरु त्यहि कुरामा खोजी खोजी लाग्ने स्वभाव हुन्छ । अभिभावकले बरु प्रबिधिसंग जोडेर बालबालिकाको सिकाईमा सहयोग पुर्याउन मद्धत गर्नुपर्छ ।

अचेल पढाइलेखाइ समेत मोबाइलबाट नै हुने गर्छ भन्ने कुरा अभिभावकले हेक्का राख्न पनि जरुरी छ ।बालबालिकालाई हिंस्रक भिडियो गेमबाट छुट्कारा दिलाउन साथीको व्यवहार गरी उनीहरुलाई घरमा एक्लो हुनबाट बचाउनुपर्छ । एक्लोपनका कारण धेरै बालबालिका भिडियो गेमको शिकार भइरहेका छन् ।
यस्तो छ मोबाइल गेमको लत तीव्र गतिमा बढ्नुको कारण

भिडियो गेमको अनुभव यति नयाँ हुन्छ कि यसले बालबालिकालाई अर्को दुनियाँमा प्रवेश गरेको आभास दिलाउँछ । गेम खेल्दा बालबालिकालाई आफ्नो मन पर्ने सामग्री छान्न, डिजाइन गर्न र स्वस्फूर्त रुपमा अगाडि बढ्ने मौका दिन्छ । जसमा कसैले रोकटोक गर्दैन ।लामो समयसम्म भिडियो गेम खेल्दा खेलमा देखेका क्यारेक्टरले बालबालिकाको मन मस्तिष्कमा गहिरो छाप छाड्छन् । जसलाई उनीहरुले आफूसँग तुलना गर्छन् । यसरी बालबालिकामा स्क्रिनको लत बस्दै जान्छ ।

मोबाईलको प्रयोगले बालबालिकामा पर्न जाने असर

बालबालिकाको उमेर भने जिज्ञासु र खोजमुलक हुने गर्छ । यतिबेला उनीहरु मष्तिष्क तिब्र रुपमा बिकास भईरहेको हुन्छ । तसर्थ धेरै पटक उत्तेजित र हिंस्रक गेम खेल्ने तथा हेर्ने गर्नाले उनीहरुको दिमागमा नराम्रो छाप पारेको हुन्छ । लामो समय भिडियो गेम खेल्ने क्रममा बन्दुक चलाउँदा, अरुलाई मार्दा र आक्रमण गर्दा बालबालिकामा आक्रामक भावना पैदा हुन्छ भने उनीहरुको मनबाट भावना कमजोर हुँदै जान्छ ।यसरी बालबालिका लामो समयसम्म भिडियो गेममा घोत्लिंदा उनीहरुको खाने–सुत्ने समय पनि तलमाथि हुन्छ । जसकारण उनीहरु शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा समेत कमजोर हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर