बाबु आमा नै चाहिँदैनन् भनेका जी–बब र बुबाआमाबीच भयो यस्तो सहमति — OSNepal

बाबु आमा नै चाहिँदैनन् भनेका जी–बब र बुबाआमाबीच भयो यस्तो सहमति

LC (KTM) June 13, 2022 0

काठमाडौं ।

चर्चित र्‍यापर जी बब ९सुदीप भण्डारी० र उनका बाबुआमाबिचको विबाद छरपस्ट भए लगत्तै उनीहरुले सोमबार सहमति गरेका छन् । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जी बब र उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको हो ।

प्रहरीका अनुसार नयाँ सहमति अनुसार जी बबलाई केही समय सुधारगृहमै राखिने छ । सहमति अनुसार जी बबलाई कपनमा रहेको समर्पण समाज नेपालमा राखिनेछ भने जी बबले चाहेमा बुबाआमालाई पनि भेट गराउने व्यवस्था गरिएको छ ।

त्यस्तै सुधारगृहबाट निस्किएर बाहिर कार्यक्रममा जाँदा आमा बुबाको सहमति लिनुपर्ने पनि सहमतीपत्रमा उल्लेख गरिउको छ । केही दिनअघि जी बब र उनका बुबाआमाले एकअर्कालाई उजुरी हालेका थिए ।

बाबु आमाविरुद्ध निवेदन दिँदै जी बबले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बाबु आमाले आफ्नो स्वतन्त्र हिँड्ने र काम गर्ने अधिकारको हनन गरेको आरोप लगाएका थिए ।

जी बबले आमाबुवाको आरोप खण्डन गर्दै एएनटीएफले आफूलाई बन्धक नबनाएको र आफ्नो राजीखुसीमा त्यहाँ बसेर काम गरेको उल्लेख गरेका थिए ।

र्‍याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली ९एएनटीएफ० ले आफ्नो छोरालाई बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शुक्रबार जी बबका आमाबुबाले उजुरी दिएको केही दिनमा नै जि बबको परिवारले नयाँ सहमति गरेपछि यो विषय तत्कालका लागि भने मत्थर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर