बौद्ध धर्मको अपमान गरेको भन्दै चलचित्र ‘कबड्डी ४’बिरुद्ध उजुरी दर्ता — OSNepal

बौद्ध धर्मको अपमान गरेको भन्दै चलचित्र ‘कबड्डी ४’बिरुद्ध उजुरी दर्ता

LC (KTM) June 13, 2022 0

बौद्ध धर्मको मानहानि भएको भन्दै नेपाली चलचित्र ‘कबड्डी ४’बिरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएका हुन् । निबेदनमा लामाले फिल्मको प्रदर्शन रोक्न माग मात्र गरेका छैनन् उनले दृश्य समेत सम्पादन गर्न माग गरेका छन् । उनले दिएको निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि विपक्षी बनाइएको छ ।

उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर