‘तीतो सत्य’बाट चर्चा कमाएका राज र नायिका सुनिशाले विबाह गर्दै — OSNepal

‘तीतो सत्य’बाट चर्चा कमाएका राज र नायिका सुनिशाले विबाह गर्दै

LC (KTM) June 14, 2022 0

काठमाडौं ।

बाल कलाकारको उपमा राम्रो परिचय बनाएका कलाकार राज आचार्य एकाएक हराए ।

‘तीतो सत्य’ टेलिसिरियलबाट चर्चित भएका कलाकार राज आचार्य पढ्नका लागि भनेर कलाकारिताबाट टाढिए पनि उनको कला प्रतिको मोह भने हटेको छैन ।

हामीले बाल कलाकारको रुपमा देखेका राज अहिले जवान भइसकेका छन् र उनी विबाहको तयारीमा छन् । राजले ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईंबीच आगामी साता विवाह गर्ने भएका छन् ।

असार ७ गते उनीहरुबीच विवाह हुन लागेको पारिवारिक स्रोतले जनाएको छ । विदेशमा चार्टर्ड अकाउन्टेन्टको पढाइ सकेर राज यतिबेला नेपालमै रहेका राज अभिनेता तथा निर्देशक समेत रहेका शंकर आचार्यका छोरा हुन् ।

राज र सुनिशाले प्रि(वेडिङ फोटोसुट पनि गराइसकेका छन् । राजकी हुनेवाला पत्नि सुनिशा भने ‘इन्टुमिन्टु लण्डनमा’पछि म्युजिक भिडियो र केही फिल्ममा व्यस्त छिन् ।

राजलाई बालकलाकारको रुपमा हाँस्य अभिनेता, निर्माता, निर्देशकद्धय दीपकराज गिरी र दीपाश्री निरौलाले ठूलो भूमिका खेलेका थिए । राज तितो सत्यमा दीपक र दीपाको छोराको भूमिकामा देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर