चर्चित गायिका इन्दिरा जोशीले बाराही जंगल लजमा गर्दैछिन् विबाह, दुलही बन्दा निकै राम्री देखिइन् इन्दिरा — OSNepal

चर्चित गायिका इन्दिरा जोशीले बाराही जंगल लजमा गर्दैछिन् विबाह, दुलही बन्दा निकै राम्री देखिइन् इन्दिरा

LC (KTM) June 14, 2022 0

काठमाडौं ।

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग धुमधामले विबाह गरेकी छिन् ।

इन्दिराले चितवनको बाराही जंगल लजमा विबाह गरेकी हुन् । यो जोडीको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह भइरहेको छ ।

आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले आज विवाह गर्न लागेकी हुन् ।

फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेकी इन्दिरा चर्चामा रहेकी गायिका हुँदा हुँदै कहिल्यै विबादमा आइनन् ।

शान्त स्वभावकी सरल गायिका इन्दिरा र फेसन डिजाइनर शरदले गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेर इन्गेजमेन्ट गरेका थिए ।

शरदले इन्दिरालाई विवाह प्रस्ताव राखे लगत्तै इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकार गरेसँगै यो जोडी थप चर्चामा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर