जेरी फेम्ड अभिनेत्री आना र गायक सुशान्तबीचको प्रेम यसरी इन्ष्टामा छचल्कियो — OSNepal

जेरी फेम्ड अभिनेत्री आना र गायक सुशान्तबीचको प्रेम यसरी इन्ष्टामा छचल्कियो

LC (KTM) June 14, 2022 0

नेपाली चलचित्र जेरीकि अभिनेत्री आना शर्माको चर्चा यतिबेला चुलिएको छ । उनी फिल्मलाई लिएर भन्दा पनि आफ्नो ब्यक्तिगत कुरालाई लिएर चर्चामा रहेकी हुन् । उनको चर्चाको बिषय अरु केहि नभएर गायक सुशान्त केसी संगको प्रेम सम्बन्ध रहेको छ । आना र सुशान्त केही महिनादेखि प्रेममा लिप्त छन् । गुपचुप प्रेम सम्बन्धमा रहेका यो जोडी अंग्रेजी नयाँ वर्ष मनाउन मुस्ताङ पुगेका थिए । दुवैले सार्वजनिक रुपमा प्रेमलाई स्वीकारेका थिएनन् ।

मुस्ताङ घुम्नेदेखि पोखरामा बन्जी जम्प गर्नेसम्म उनीहरु सँगै देखिएका उनीहरु यतिबेला प्रेमको रस्वासदन गरिरहेका छन् । गुपचुपमै आफ्नो सम्बन्ध अगाडी बढाईरहेका यो जोडी अहिले भने खुलेर आएको छ । आनाले सुशान्तसँगका रोमान्टिक तस्वीरलाई इन्स्टाग्राममा सेयर गरिरहेकी छन् । यसले पनि उनीहरु प्रेमलाई सार्वजनिक रुपमै दर्शाएको छ । यसअघि आनाको नाम अनमोल केसी र सोनम शेर्पासँग पनि गाँसिएको थियो । दुवैसँग सम्बन्ध टुटे पछि आना सुशान्तसँग गाँसिन पुगेकी थिईन् । आना अहिले एक फिल्मको छायांकनको तयारीमा छिन् भने सुशान्त विदेश भ्रमणको तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर