बिग्रिएको सम्बन्ध यसरी पोखियो :निर्देशकले कट भनेपछि एक अर्काको मुखमा समेत नहेरी सुटिङ गरे पूजा र आकाशले — OSNepal

बिग्रिएको सम्बन्ध यसरी पोखियो :निर्देशकले कट भनेपछि एक अर्काको मुखमा समेत नहेरी सुटिङ गरे पूजा र आकाशले

LC (KTM) June 15, 2022 0

काठमाडौँ- लामो समय सम्म एकदमै नजिक भएर काम गरे अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा । एकताका यी जोडी बीचको प्रेम सम्बन्धले कलिउड नै तताएको थियो । तर दुबैले एक अर्का बीचको सम्बन्धलाई सार्वजनिक रुपमा पोखिन दिएनन् । पछिल्लो पटक पुजा शर्माले आफ्नो ब्वाई फ्रेण्ड सार्वजनिक गरे संगै यी दुई जोडी बीच दुरी बढेको छ । यसको प्रत्यक्ष असर उनीहरुको ब्यवसायिक जिवनमा समेत छचल्किएको छ ।

ब्रेकअप भएको लामो समय बिते पनि यी दुई जनाबीच अहिलेसम्म हार्दिकता पलाएको देखिएन । अहिले छायांकन भइरहेको फिल्म ‘सम्झना बिर्सना’ गीतमा सबैले महसुस गरे एक अर्काबीचको । डिस्को हुँदै भक्तपुर दरबार स्क्वायर र सोमबार ललितपुर गोदावरीमा अन्तिम दिनको छायांकन भयो ।तर पूजा र आकाशबीचको सम्बन्ध सहज नहुँदा छायांकनमा कठिनाइ भएको गुनासो फिल्म निर्माता गरेका आफैले स्वीकारेका छन् ।

यो जोडी पहिला जस्तो खुलेर काममा नदेखिनुले पनि सम्बन्ध चिसिएको सहजै अनुमान लगाउन सकिन्छ । ‘पहिलेजस्तो सहज ढंगले सट दिइरहेका छैनन् । हेर्दा सम्बन्ध साँच्चिकै बिग्रिएको भन्ने बुझिन्छ,’ निकट स्रोतले भन्यो ।‘प्रेम नभए पनि आर्टिस्टलाई को–अपरेट गर्नुपर्ने निर्माण पक्षको भनाई छ ।

सबैले महसुस गरेका छन्,’ स्रोत बताउँछ । छायांकनमा पूजा र आकाशले एकअर्काले अनुहार फेस पनि नगरेको त्यहाँ उपस्थित बताउँछन् ।‘रामकहानी’ जोडी कुनैबेला प्रेममा थियो । तर कोरोना महामारीको समयदेखि यी दुई अलग भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर