बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृ त्यु — OSNepal

बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृ त्यु

LC (KTM) May 12, 2021 0

बागलुङ- मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृ त्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृ त्यु हुनेको सङ्ख्या १७ पुगेको छ । मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेशनमा मृ त्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृ त्यु भएको हो । उहाँको मृ त्युपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको होम आइसोलेशनमा मृ त्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उहाँलाई कोरोना पुष्टि भएको थियो । उहाँ पोखराबाट फर्केलगत्तै होम आइसोलेशनमा रहेको बेला मृ त्यु भएको घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर