आफू ऋणमा डुबेको खुलासा गर्दै रोएका अभिनेता करणवीर बोहरा विरुद्ध उजुरी — OSNepal

आफू ऋणमा डुबेको खुलासा गर्दै रोएका अभिनेता करणवीर बोहरा विरुद्ध उजुरी

LC (KTM) June 15, 2022 0

मुम्बई, १ असार :

भारतीय अभिनेता करणवीर बोहरासहित ६ जनाविरुद्ध धोकाधडीको आरोपमा उजुरी परेको छ । ४० वर्षीया महिलाले बोहरासहित ६ जनाविरुद्ध ओशिवारा प्रहरीमा उजुरी दिएकी हुन् । करणवीरमाथि ती महिलाले धोका दिएर ठगी गरेको आरोप लगाएकी छन् । महिलाले आफूले पैसा माग्दा अभिनेता र उनकी पत्नी तजिन्दर सिद्धूले गोली हान्ने धम्कीसमेत दिएको आरोप लगाएकी छन् ।

ती महिलाका अनुसार करणसहित ६ जनाले उनलाई २ दशमलब ५ प्रतिशत व्याजमा पैसा फिर्ता दिने भन्दै पैसा ऋण लिएका थिए । महिलाका अनुसार हालसम्म उनले करिब ३ करोड रुपैंयाँमात्र फिर्ता पाएकी छन् । प्रहरीले उजुरीका विषयमा अनुसन्धान सुरु गरिसकेको छ ।

कैयौं टेलिफिल्ममा अभिनय गरेका करण पछिल्लोपटक एकता कपुरको रियालिटी शो ‘लकअप’मा देखिएका थिए । उनले त्यहाँ आफू ऋणमा डुबेको खुलासा गर्दै रोएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर