गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै ,संसद सचिवालयमा सूचना दर्ता — OSNepal

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै ,संसद सचिवालयमा सूचना दर्ता

LC (KTM) June 16, 2021 0

पोखरा २ असार । गण्डकी प्रदेशका नवनियुक्त नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । सपथ लिएको एक महिना भित्र विश्वासको मत लिने व्यवस्था भए अनुसार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने भएका हुन् ।

सरकार प्रवक्ता कुमार खड्काले दिएको जानकारी अनुसार विश्वासको मत लिनका लागि संसद सचिवालयमा सूचना दर्ता भइसकेको छ । निकट स्रोतका अनुसार पोखरेलले यहि असार ४ गते भित्र विश्वासको मत लिने बुझिएको छ ।

संविधानको धारा १६८(५) बमोजिम गत शनिवार पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर