मान्छेको जस्तै औंला भएको रोबोट निर्माण, पसिना पनि आउँछ, चोटपटक लागेमा आफै निको हुन्छ — OSNepal

मान्छेको जस्तै औंला भएको रोबोट निर्माण, पसिना पनि आउँछ, चोटपटक लागेमा आफै निको हुन्छ

LC (KTM) June 16, 2022 0

जापानको टोकियो बिश्वबिद्यालयमा बायोहाइब्रिडका बिशेषज्ञ बैज्ञानिक शोजी टेकुचीले अचम्मको अबिष्कार गरेका छन् । उनले मानव कोशिकाबाट निर्मित जीवित छालायुक्त एक रोबोटिक औंला बनाएका छन् । उनको यो अबिष्कार संगै नितान्त मानब जस्तै रोबोट बनाउने उनको लक्ष्य करिब करिब पुरा हुदै गईरहेको छ । शोजी टेकुची र उनका सहयोगीहरुले यस्तो खालको औँलाहरु बनाएका हुन् ।

उनीहरुले बनाएको आँैला नभाँचिइकन मोडिन र घुम्न सक्दछ । यदि उक्त औंलामा चोटपटक लाग्यो भने त्यसको घाउ आफैं भरिएर निको समेत हुने शोजीको दाबी रहेको छ । उनका अनुसार सिलिकन रबरबाट बनेको उक्त रोबोटिक औंला टाढाबाट हेर्दा वास्तविक औंला जस्तै देखिन्छ । उक्त रोबोटिक औंलाको बाहिरी पत्र मानिसको जस्तै छाला रहेको छ जुन वास्तविक जीवित कोशिकाबाट बनेको छ । कोलाजेन र मानव डर्मल फाइब्रोब्लास्टको घोलमा डुबाएर जीवित छाला बनाइएको हो ।

आँैलामा कोलाजेन र फाइब्रोब्लास्ट सेट भएसँगै सबैभन्दा माथि मानव एपिडर्मल केराटिनोसाइट्सको बाह्य पत्र लगाइएको छ जसले गर्दा ठ्याक्कै मानिसकै जस्तो छाला देखिएको छ । अचम्मको कुरा त के छ भने यस आँैलाको छालाको भागमा पसिना समेत देखा पर्छ । केराटिनोसाइट्सले मानव छालालाई वाटर प्रुफ बनाउँदछ, त्यसैले रोबोटिक छाला पनि वाटर प्रुफ हुन्छ । साथै मोडिँदा वा चिमोट्दा त्यसमा लाग्ने चोट समेत आफैं निको हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर