पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन — OSNepal

पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन

LC (KTM) June 16, 2022 0

काठमाडौं २ असार । पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न भन्दै अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ ।

धितोपत्र बोर्डले संयोजन गर्ने ४ सदस्यीय कार्यदल गठन गरिएको छ । जसमा कार्यदलको संयोजन धितोपत्र बोर्डका कार्यकारी निर्देशक, सदस्यमा अर्थमन्त्रालयबाट एक जना उपसचिव, राष्ट्र बैंक एक जना कार्यदलको सदस्यसचिव बोर्डकै एकजना सदस्य रहने भएका छन् ।

कार्यदल गठन गरिएको भएपनि यसले पुर्णता भने नपाएको नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसी जानकारी दिएका छन् ।

पुँजी बजार र वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे अध्ययन गर्ने भन्ने उद्देश्य रहेको बताएका उनले पहिलो बैठक अघि कार्यदलले पूर्णता पाउँने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर