प्रत्येक बर्ष बढिरहेको उच्च तापमान संगै हरेक मानिसले बार्षिक ४४ घण्टा निद्रा गुमाउँदै — OSNepal

प्रत्येक बर्ष बढिरहेको उच्च तापमान संगै हरेक मानिसले बार्षिक ४४ घण्टा निद्रा गुमाउँदै

LC (KTM) June 16, 2022 0

डेनमार्कको कोपनहेगन विश्वविद्यालयका शोधकर्ता केल्टन माइनरले एक तथ्य पत्ता लगाएका छन् । उनले २ बर्ष लगाएर यो कुरा पत्ता लगाएकी जलबायु परिर्वतनका कारण मानिसको निद्रामा आएको गिरावट संगै बार्षिक एक ब्यक्तिले ४४ घण्टा निद्रा गुमाईरहेको तथ्य पत्ता लगाएका हुन् । जलबायु परिवर्तन संगै बढेको तापक्रमका कारण मानिसहरुको निद्रा बिग्रीरहेको हो ।

माइनरले सन् २०१५ देखि सन् २०१७ को बीचमा ६८ देशका ४८ हजार मानिसहरुको निद्रा ट्रयाक गर्ने नाडीमा बाँधिने उपकरणका डाटा एकत्रित गरी विश्लेषण गरेका थिए । एनले स्थानीय मौसमको डाटासँगै निद्राको डाटाको तुलना गरेका थिए। साथै असामान्य रुपका गर्मी रातमा निद्राको कमीको स्तरलाई सामान्य निद्रा भएको व्यक्तिसँग तुलना गरे थिए । त्यसक्रममा असामान्य रुपमा गर्मी रातमा मानिसहरु राति अबेर सुत्ने र बिहान पनि सबेरै उठ्ने गरेको पाइएको थियो ।

उच्च तापमान संगै कार्वन उत्सर्जन यहीँ दरमा रहि रहेमा सन् २१०० सम्म मानिसले वार्षिक औसतमा ५८ घण्टा निद्रा गुमाउने देखिएको छ । उत्सर्जन कम भएमाचाहिं उक्त तथ्यांक ५० घण्टामा कायम हुने शोधकर्ताको विश्लेषण छ । यति हुँदा हुँदै पनि मानिसहरुले आफ्नो जिवनशैली तथा ब्यवहारमा परिवर्तन नल्याएको शोधकर्ताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर