बिभिन्न देशका अचम्मका नियम , ब्रुनाईमा समलिंगी बीच शारिरीक सम्बन्ध राखे ढुंगाले हानेर मृत्युदण्ड दिईन्छ — OSNepal

बिभिन्न देशका अचम्मका नियम , ब्रुनाईमा समलिंगी बीच शारिरीक सम्बन्ध राखे ढुंगाले हानेर मृत्युदण्ड दिईन्छ

LC (KTM) June 16, 2022 0

बिश्व जगत अचम्मको रहेको छ । यहाँ आ–आफ्नै धर्म, संस्कार, नियमहरु रहेका छन् । बिश्वमा रहेका बिभिन्न देशहरुले आफ्नो सामाजिक सुरक्षा, राष्ट्रिय सुरक्षाका लागि नियमहरु बनाएका छन् । यस्ता नियमहरु मध्ये केही देशका नियम कानुनले अचम्मित पारेका पनि छन् । हुन त एउटा देशको नियम कान्ुन अर्काे देशको परिबेश, भुगोल संग स्विकार्य त नहोला तर सुन्दा अचम्म लाग्ने गर्दछ ।

आज हामी यस्तै नियम तथा कानुन भएका देशका बारेमा कुराकानी गर्न गईरहेका छौ । यस्ता देशहरु छन् जहाँ अझै पनि यस्ता नियम तथा कानुनहरु रहेका छन् जस्तो कि अण्डरवेयरले गाडी पुछ्न नपाईने , राती अनिबार्य रुपमा नुहाएर मात्र ओछ्यानमा सुत्न पाईने जस्ता रमाईला तर मृत नियमहरु रहेका छन् । यद्यपि यस्ता धेरै कानुनहरूको पालना खासै हुँदैन र ती मृतप्रायः भैसकेका छन् ।

तथापि ती कानुनहरू यद्यपि खारेज गरिएको छैन । अब हामी अमेरिकाको सनफ्रान्सिस्को कुरा गर्दैछौ । यो यस्तो ठाउँ हो जहाँ कानुनतः अण्डरवेयरले गाडी पुछ्न तथा सफा गर्न पाइँदैन । यदि यस्तो गरेको पाइएमा जरिमाना गरिन्छ ।अमेरिकाको म्यासाचुसेट्समा पनि यस्तै अनौठो कानुन छ । त्यहाँ रातमा ओछ्यानमा सुत्न जानु अगाडि अनिवार्य रुपमा नुहाउनु पर्दछ । ननुहाइकन सुत्न जानुलाई गैरकानुनी मानिन्छ । स्विट्जरल्याण्डमा त झनै अचम्मको कानुन रहेको छ ।

जुन सुन्दा पनि उदेक नै लागेर आउँछ । स्विट्जरल्याण्ड रातको १० बजेपछि बाथरुमको फ्लस गर्न पाइँदैन । कसैले रातको ठिक १० बजेपछि फ्लस गरेर आवाज निकालेमा जरिवाना हुने नियम रहेको छ । ब्रुनाइमा भने निकै कठोर र क्रुर कानुन रहेको छ । कतिपय देशमा समलिंगी यौन सम्बन्ध लाई कानुनी मान्यता दिए पनि ब्रुनाई मा भने यस्तो कार्यलाई निकृष्ट मानिन्छ । समलिंगीले यौन सम्बन्ध राखेमा त्यस्तो मानिसलाई ढुंगाले हिर्काएर मृत्युदण्ड दिईने कानुन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर