बाँदर नभएर माछा मानिसको पुर्खा भएको बैज्ञानिकहरुको दाबी — OSNepal

बाँदर नभएर माछा मानिसको पुर्खा भएको बैज्ञानिकहरुको दाबी

LC (KTM) June 16, 2022 0

सबैले अहिले सम्म सुन्दै आएको कुरा हो मानिसको पुर्खा बाँदर नै हो । बाँदर बाट मानिसको उत्पत्ति भएको भन्ने भनाई रहेको छ । तर हालै गरेको एक अध्ययनले मानिसको पुर्खा बाँदर नभएर माछा रहेको देखाएको छ । टोकियो विश्वविद्यालयका जिवाश्म वैज्ञानिक तथा शोधकर्ता तत्सुया हिरासावाका अनुसार माछा नै मानिसको सबैभन्दा पूरानो पुर्खामध्ये एक हो । यसबारे हामी तपाईलाई जानकारी दिदैछौ ।

एक शताब्दी भन्दा पनि अगाडि स्कटल्याण्डको खानीबाट अनौठो जिवाश्म उत्खनन गरिएको थियो । भेटिएको सो अवशेष इल माछाको रहेको थियो । जसको दाँत हुदैन । उत्खनन्मा भेटिएको सो जीवलाई बैज्ञानिकहरुले प्यालियोस्पोन्डीलस गुन्नी नाम दिए । तर ठिक १ सय ३० बर्ष पछि हाइ रिजोलुसन इमेजिङको प्रयोग गरी शोधकर्ताहरुले सोही माछा नै मानिसको सबैभन्दा पूरानो पुर्खामध्ये एक रहेको दाबी गरेका छन् ।

उक्त माछा आजभन्दा करिब ३९ करोड ८० लाखदेखि ३८ करोड ५० लाख वर्ष अगाडिसम्म पाइने गरेको बैज्ञानिकहरुको अनुषन्धानले देखाएको छ । सो माछामा विकसित पखेटा थियो तर हातखुट्टा थिएन । उक्त माछाको दाँत पनि थिएन । शोधकर्ता हिरासावा र हुले माइक्रो कम्प्युटेड टोमोग्राफी स्क्यानिङ प्रविधिको सहयोगमा यो माछाको हाइ रिजोलुसन डिजिटल तस्वीर तयार पारेका छन् । उक्त प्रकारको खोज बाट यो पुष्टि भएको छ कि यो नै सबैखालको चार हातपाउ भएका जीवहरुको पुर्खा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर