भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य, बढेर आयो मूल्य — OSNepal

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य, बढेर आयो मूल्य

LC (KTM) June 16, 2022 0

काठमाडौं, २ असार :

भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ ।

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ । अहिले पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य दुई सय नौ रुपैयाँ २८ पैसा पुगेको निगमले जनाएको छ ।

यस्तै डिजलमा अब प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रूपमा पेट्रोलमा ९५ करोड, डिजलमा दुई अर्ब ९१ करोड, हवाई इन्धन (आन्तरिक) मा ६६ लाख र खाना पकाउने एलपी ग्यासमा एक अर्ब १४ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ । यस्तै मासिक पेट्रोलियम पदार्थमा नौ अर्ब ६३ करोड रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर