उपचारको लागि दिल्ली प्रस्ताथ गरेका खनाललाई मृर्गौलामा समस्या — OSNepal

उपचारको लागि दिल्ली प्रस्ताथ गरेका खनाललाई मृर्गौलामा समस्या

LC (KTM) June 16, 2021 0

काठमाडौँ २ असार । नेकपा एमालेका नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारको लागि दिल्ली लगिएको छ । खनाललाई स्वास्थ्यमा समस्या आएपछि सोमबार नर्भिक अस्पता भर्ना गरिएको थियो । उनलाई पोस्ट कोभिडका भएका कारण फोक्सोमा पानी जमेको र रगतमा संक्रमण भएको अस्पतालले बताएको थियो ।

नियमित रुपमा दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका खनाललाई यस पटक परिवारको आग्रमा दिल्ली लगिएको हो । मृर्गौलाका रोगी खनाललाई हिजो २ पिन्ट रगत चढाउन लागिएको थियो तर शरीरले एक पिन्ट भन्दा बढी नलिएको कारण उनलाई थप मृर्गौलामा समस्या भएको हो भन्ने अस्पतालले अनुमान गरेको छ ।

खनालको ज्वरो र खोकी कम भएको छैन , शरीर पनि शिथिल भएकाले उनलाई क्रोनिक निमोनियाको शंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर