कोरोनाको चेन ब्रेकमा समस्या, मृत्युदर झन उकालो लाग्दै — OSNepal

कोरोनाको चेन ब्रेकमा समस्या, मृत्युदर झन उकालो लाग्दै

LC (KTM) May 12, 2021 0

काठमाडौं, बैशाख २९। वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा भाइरोलोजिस्ट डा वासुदेव पाण्डेले उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्न अझै एक महिना लाग्ने बताएका छन् । उनले नागरिकले स्वास्थ्य मापदण्ड पालनामा गम्भीरता नदेखाएको र पर्याप्त आइसोलेसनको व्यवस्था नहुँदा सङ्क्रमित एउटै परिवारसँग बसेकाले सङ्क्रमण फैलिरहेको बताए ।

ापाण्डेले अहिले पनि भारतसँग आवतजावत भइरहेका कारण भारतमा सङ्क्रमण नघटेसम्म नेपालमा घट्न नसक्ने दाबीसमेत गरे । “कोरोना नभएको देशमा हवाई उडान बन्द गरिएको छ तर भारतबाट हवाई र गाडीबाट पनि मानिस सहजै आइरहेका छन्”, पाण्डेले भने । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बाहिरी चेन भन्दा भित्री चेन तोड्न कठिन भएको बताए । उनले भित्री ‘चेन ब्रेक’ गर्न समस्या भएकाले अझै केही समय काठमाडौँ उपत्यकाको सङ्क्रमण नियन्त्रणमा नआउने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २२५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ८४ पुगेको छ । गोरखापत्र दैनिकबाट सोमबार कोरोना सङ्क्रमणबाट १३९ जना सङ्क्रमितको मृत्यु भएको थियो ।मङ्गलबार देशभर थप नौ हजार ४८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर