मोडलिङमा करियर खोज्दै युवराज — OSNepal

मोडलिङमा करियर खोज्दै युवराज

LC (KTM) June 17, 2022 0

युवराज खतिवडा १७ बर्षको किशोर अवस्था बाटै मोडलिङमा छिरेका एक उदियमान मोडल हुन् । उनी २ बर्ष यता यहि क्षेत्रमा नै आफ्नो करियर खोजिरहेका छन् । अग्लो कदको उचाई, गोरो र बान्की मिलेको अनुहार, अनि अभिनय पनि उत्तिकै तिखारिएको छ युवराजको । अहिले उनी १९ मा हिँडिरहेका छन् । यो उमेर भनेकै केही गरौ भन्ने उमेर हो ।

तसर्थ यहि भनाईलाई चरितार्थ पनि गरिरहेका छन् युवराजले । मिस्टर एण्ड मिसेस एसईई मार्फत मोडलिङमा पाईला चालेका युवराजले पछिल्लो समय चर्चित गायक बाबू बोगटीको जमुना अगेनमा आफ्नौ उत्कृष्ट अभिनय कौशलता मात्र प्रस्तुत गरेनन् अवार्ड समेत हात पार्न सफल भए । उनले यहि म्युजिक भिडियो मार्फत स्पर्स म्युजीक अवार्ड २०२१ हात समेत पारे । त्यस्तै उनले बाटो फराकिलो लगायतका अन्य म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् ।

उनी चर्चित गायक तथा नायक बाबू बोगटीका भान्जा समेत रहेका छन् । उनमा यो क्षेत्र प्रति मोह आफ्नै मामा र आमा मार्फत जागेको उनी बताउँछन् । आफ्नै मामा लाई रोल मोडलका रुपमा लिने युवराजलाई नायकमा भने दयाहाङ राई सबैभन्दा उत्कृष्ट लाग्ने गरेको बताउँछन् । दयाहाङको जिवन्त अभिनयले आफुलाई सधै प्रभावित गर्ने गरेको उनले बताए । त्यस्तै नायिकामा चाहिँ उनलाई अहिलेकी चलेकी नायिका स्वस्तिमा खड्का मन पर्ने गरेको उनी बताउँछन् । उनको अभिनय र नृत्य कौशलता अत्यन्तै मन पर्ने गरेको उनले बताए ।

आमा मेनुका खतिवडा र बुवा रत्नकुमार खतिवडाको सन्तानको रुपमा जन्मिएका उनी हाल काठमाण्डौमा रहेर मोडलिङको क्षेत्रमा आफ्नो करियर खोजिरहेका छन् । उनको उदेश्य नै ठुलो पर्दामा देखिनु रहेको बताउँदै अवसर पाए तनमन लगाएर काम गर्ने युवराजको भनाई छ । बिशेष गरेर आफ्नो फिजिकल स्ट्रक्चर लभस्टोरी र एक्सनमा फिट हुने बताउँदै त्यस्तो अवसरको खोजीमा रहेको पनि उनले बताए । युवराजले हाँस्दै भने– बाबु बोगटीको भान्जा भएकोले होला मलाई बिशेष गरेर आफु भन्दा अग्रजहरु सबैले माया गरेर भान्जाको नामले बोलाउने गर्नु हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर