गलकोट नगरपालिकामा अक्सिजन सहितको ११ शैयाको आइसोलेशन निर्माण — OSNepal

गलकोट नगरपालिकामा अक्सिजन सहितको ११ शैयाको आइसोलेशन निर्माण

LC (KTM) May 12, 2021 0

थम्मन थापा/ बागलुङ -गलकोट नगरपालिका वडा नम्बर ५ मा ११ शैयाको अक्सिजनसहितको आइशोलेसन निमाा गरिएको छ । गलकोट नगर अस्पतालमा कोरोनाको पहिलो चरणको स्थापना गरिएको कोभिड अस्पतालाई स्तरोन्नति गरि अक्सिजन बनाइएको हो । जहाँ पाँच शैया मात्रै थियो । नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ११ शैयाको आइशोलेसन बनाएको हो । कोभिड १९ को दोस्रो लहर गलकोटमा पनि तीव्र गतिमा फैलिरहेको भन्दै नगरपालिकाले नगर अस्पतालमा रहेको कोभिड अस्पताललाई स्तरोन्ती गरेको हो । अस्पतालमा ११ शैयाको अक्सिजन सहितको आइशोलेसन निर्माण गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । अस्पतालमा २ जना डाक्टर, १ जना नर्स, १ जना कार्यलय सहयोगी राखिएको गैरेको भनाई छ ।

अस्पतालमा एम्बुलेन्स सहितको सेवाका लागि एम्बुलेन्स चालकको समेत व्यवस्था गरिएको गल्कोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायणध्वज मल्लले जानकारी दिए । सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीति अनुसार गलकोट पनि बनाइएको हो । अस्पतालमा कोरोना संक्रमित बिरामीको अवस्था हेरेर उपचार गरिने र बिरामीको थप उपचारको आवश्यक परेमा अन्तै पठाउने नगर अस्पताल का प्रमुख डाक्टर निक्सन ड्गोलले जानकारी दिए । अस्पतालमा अहिले सानो ठूलो गरि १६ वटा अक्सिजन रहेका छन् ।

अस्पतालमा आवश्यक पर्ने सिलिन्डर दाताहरुबाट सहयोग प्राप्त बताइएको छ । ५ वटा ठुलो सिलिन्डर मञ्जेश बम मल्लले र अन्य ४ वटा वडा नम्बर २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी, इलाका प्रहरी कार्यलय, व्यवसायी केयरसिंह खत्री, योगेस भण्डारीको सहयोगमा संकलन भएको छ । नगरपालिकाले नगर क्षेत्रमा कोरोनको गति तीव्र रुपमा फैलिरहेकोले सम्पुर्ण नगरबासीमा सचेत रहन आग्रह समेत गरेको छ । नगरपालिकाले स्वास्थ्यमा केही समस्या परेमा डाक्टरलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ । स्वास्थ्यमा कुनै पनि समस्या आएमा नगरपालिकाले नगरबासीलाई टेलिफोन सेवा पनि दिन थालेको छ । स्वास्थ्य समस्या भए ९८६०१५२३३३, ९८४९०२८२४०, ९८५७६४०७५१, ९८५७६४०७५२ र ९८५७६५६५२९ मा सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर