विपद जानकारी दिएर आउदैन तर समयमै पूर्व तयारी गर्न नसक्दा ठुलो क्षति भयो : गगन थापा — OSNepal

विपद जानकारी दिएर आउदैन तर समयमै पूर्व तयारी गर्न नसक्दा ठुलो क्षति भयो : गगन थापा

LC (KTM) June 16, 2021 0

काठमाडौं २ असार । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले यस विपदको अवस्थामा जो जहाँ छौं सुरक्षित रही स्थानीय तह र सुरक्षा निकायसंग समन्वय गरी आ९आफ्नो ठाँउमा उद्दार,खोजी,उपचार र राहातको लागि कृयाशिल रहन नेपाली कांग्रेसका सवै तहमा आवद्ध सम्पूर्ण साथीहरूलाई अपील गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता थापाले पूर्व सावधानी अपनाऔं,आफु वचौं अरुलाई वचाऔं, विपदमा परेकालाई सहयोग गरौं भनेका छन् । वस्थामा वाढी पहिरोले प्रभावित स्थानमा अबिलम्ब उद्दार, खोजी, उपचार,पुनर्स्थापना र सुरक्षाको व्यवस्था गर्न तथा राहातको प्याकेज उपलव्ध गराउन साथै जोखिमयुक्त स्थानको पहिचान गरी प्रदेश र स्थानीय तहसंगको समन्वयमा तत्काल पूर्व सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्न नेपाल सरकारसंग नेता थापाले आग्रह समेत गरेका छन् ।

उनले भनेका छन् , कोरोना महामारीले आक्रान्त पारिरहेकै बेला अस्तिदेखिको वर्षाका कारण वाढी पहिरोले समेत जनजीवन अस्तव्यस्त वनाइरहेको छ।विभिन्न ठाउमा जनधनको क्षति भएका खवर आएका छन,जोखिमयुक्त ठाउँको जनजीवन त्राहिमान वनेको छ।विपद जानकारी दिएर आउदैन तर समयमै पूर्व तयारी गर्न नसक्दा ठुलो क्षति भइरहेको छ।

यस अवस्थामा वाढी पहिरोले प्रभावित स्थानमा अबिलम्ब उद्दार, खोजी, उपचार,पुनर्स्थापना र सुरक्षाको व्यवस्था गर्न तथा राहातको प्याकेज उपलव्ध गराउन साथै जोखिमयुक्त स्थानको पहिचान गरी प्रदेश र स्थानीय तहसंगको समन्वयमा तत्काल पूर्व सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्न नेपाल सरकारसंग आग्रह गर्दछु
यस विपद्को अवस्थामा जो जहाँ छौं सुरक्षित रही स्थानीय तह र सुरक्षा निकायसंग समन्वय गरी आ(आफ्नो ठाँउमा उद्दार, खोजी, उपचार र राहातको लागि कृयाशिल रहन नेपाली कांग्रेसका सवै तहमा आवद्ध सम्पूर्ण साथीहरूलाई अपील गर्दछु।पूर्व सावधानी अपनाऔं, आफु वचौं अरुलाई वचाऔं, विपदमा परेकालाई सहयोग गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर