नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दैै — OSNepal

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दैै

LC (KTM) June 16, 2021 0

काठमाडौं २ असार । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहिबार बस्ने भएको छ । बैठक पार्टी मुख्यालय सानेपामा बस्ने भएको हो ।

नजिकिदै गरेको महाधिवेशनलाई लिएर बैठकमा छलफल हुने बुझिएको छ । बैठकमा बाढी पहिरोबाट भएको धनजनको क्षतिको विषयमा तथा राहतको विषयमा छलफल पनि हुने जनाइएको छ ।

साथै, पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा समे चर्चा हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर