तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउ सरकारसँग एमालेको माग — OSNepal

तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउ सरकारसँग एमालेको माग

LC (KTM) June 16, 2021 0

काठमाडौँ २ असार । नेकपा एमालेको सत्ता पक्षले बाढी–पहिरोबाट पीडित भएकाहरुको लागि तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह पीडितहरुको तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज एक विज्ञप्ती मार्फत “नेकपा (एमाले) तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछ” ।

भर्खरै सरकारले विपद् प्रतिकार्य योजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय गरेको छ बताएका ज्ञवालीले यस कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने आवश्यक रहेको विज्ञप्तीमा जनाएका छन् । ‘ज्यान जोखिममा राखी उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीहरुको उच्च प्रशंसा गर्दछौँ’ विज्ञप्तीमा भनिएको छ ।

नेकपा एमाले प्राकृतिक विपत्तिको यस घडीमा स्वयंसेवी भावनाका साथ उद्धार र राहतकार्यमा सम्पूर्ण रुपमा परिचालित हुन सबै जनप्रतिनिधिहरु, पार्टी कमिटी र युवापंक्तिलाई विज्ञप्ती मार्फत आह्वान गरेको छ । “मनसुनको सुरुवातमै आएको यसस्तरको प्राकृतिक विपत्तिले हामी सबैलाई निकै चिन्तित तुल्याएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर