मेडिसिटीले कोरोनाका बिरामी भर्ना नलिने — OSNepal

मेडिसिटीले कोरोनाका बिरामी भर्ना नलिने

LC (KTM) May 12, 2021 0

काठमाडौं ।मेडिसिटीले कोरोनाका जटिल नयाँ बिरामी भर्ना नलिने भएको छ । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको भन्दै कोरोनाका जटिल नयाँ बिरामी भर्ना नलिने जनाएको हो ।

अहिले १२० भन्दाबढी कोरोना र सय हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको छ ।चालीस भन्दा बढी भेन्टिलेटर सहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ ।

प्रत्येक दिन ४ सय पचास देखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिँदै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायसँग अपील गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर