गुजरातका एक बेहुलाले बेहुली समक्ष राखे यस्तो प्रस्ताव, सुनेर सबै परे छक्क — OSNepal

गुजरातका एक बेहुलाले बेहुली समक्ष राखे यस्तो प्रस्ताव, सुनेर सबै परे छक्क

LC (KTM) June 20, 2022 0

बिबाह एक बन्धन हो । श्रीमान् श्रीमतीको रुपमा जिन्दगी बिताउनु पर्ने बन्धन । तर यहि बिबाहमा बेहुलाको र बेहुलीको आ–आफ्नै माग एक अर्कामा प्रस्तुत हुन थालेको छ । चलन संगै बेहुला र बेहुलीको माग परिवर्तन हुन थालेको छ । यस्तै एउटा घटना घटेको छ भारतको गुजरातमा । गुजरातका एक बेहुलाले बेहुली संग अनौठो माग राखेका छन् ।

उनले बेहुलीको तौल घटाउनु पर्ने माग राखेका हुन् । बेहुली अर्थात दुलहीले ७० दिनमा १२ किलो तौल घटाएपछि इन्गेजमेन्ट भएको छ । अहिले उनीसँग विवाहका लागि २५ केजी तौल घटाउनु पर्ने चुनौती छ । पटनाको राजेन्द्र नगर निवासी २५ वर्षीया रेखा नाम परिवर्तनको विवाह गुजरातको एक ठूला व्यापारीको घरानामा तय गरिएको थियो । विवाह निश्चित भएपछि केटीको तौललाई लिएर केटा पक्षले आनाकानी गर्न थाल्यो । युवतीको उचाइ ४ फिट ११ ईन्च भएपनि तौल ७४ किलो थियो ।

केटाकी आमाले हुनेवाला बुहारीको मोटोपन देखेर सिधै बिहे गर्न अस्वीकार गरिन् ।धेरै मनन पछि केटाकी आमा राजी भइन् तौल कम भए बिहे गर्न मिल्छ भनी सर्त राखिन् । केटीले हार मानिनन् । केटी डाइटिशियनकहाँ गइन् र डाइट चार्ट बनाएर कसरत गर्न थालिन् । उपचारका क्रममा स्टेरोइड र अन्य औषधीका कारण उनको तौल निकै बढेको थियो ।

जसका कारण उनी आफ्नै लागि चुनौतीको रुपमा देखापर्न थालिन् । उनले तौल घटाउन एरोबिक , डान्स , डाईटिङ सबै बिधि अपनाईन् बिहान उठेदेखि राती सुत्दासम्म केटीको तौल घटेको चार्ट बनाएको थियो ।युवतीको उचाईअनुसार तौल ४७ देखि ४८ केजी हुनुपर्ने थियो, जुन ७४ किलो पुगेको थियो । १२ किलो तौल घटाएपछि उनको इन्गेजमेन्ट धूमधामसँग भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर