एन्फाको कार्यसमितिले बुधबार साँझ सपथ ग्रहण गर्दै — OSNepal

एन्फाको कार्यसमितिले बुधबार साँझ सपथ ग्रहण गर्दै

LC (KTM) June 21, 2022 0

अखिल नेपाल फुटबल संघ एन्फाले नयाँ नेतृत्व पाएको छ । एन्फाको नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण बुधबार हुने भएको छ । एन्फाका अनुसार नव निर्वाचित कार्यसमितिको सपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ ।

सोमबार सम्पन्न २१औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ । कार्यसमितिले पूर्णता भने पाउन बाँकि नै रहेको छ । १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ । एन्फाले यि चारबीच नै हुने निर्वाचनको मिति तोक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर