चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप किन्ने सरकारको निणर्य — OSNepal

चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप किन्ने सरकारको निणर्य

LC (KTM) June 17, 2021 0

काठमाडौँ ३ असार । सरकारले कोरोना विरुद्धको ४० लाख खोपको डोज चीनबाट खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रक्रिया अगाडी बढाउन सहमति दिएको छ । चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ मा ल्याउने निणर्य भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अरु कम्पनिबाट खरिद प्रक्रिया अगाडी बढ्न नसकेपछि चिनियाँ कम्पनीसँग खोप खरिदको मुल्यको विषयमा सार्वजनिक नगर्ने गरी नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले कोरोना विरुद्धको ४० लाख खोप खरिदको पहिलो खोप जुन महिना भित्र आउने जनाएका छन् । अगामी साउनबाट नागरिकहरुलाई पनि खोप लगाउने तयारी भएको ओलीले बैठकमा बताएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर