काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हुने मृ त्युदर अत्यधिक बढेको छ। पछिल्लो २४ घण्टामा मंगलबार २ सय २५ जनाले ज्यान गुमाएका छन्। सोमबार यो संख्या १ सय ३९ थियो। संक्रमितको श व व्यवस्थापनमा नेपाली सैनिकहरू खटिएका छन्। जसले श वको व्यवस्थापन मात्रै होइन, अन्तिम सलामीसमेत अर्पण गर्छन्।
पशुपति क्षेत्रस्थित विद्युतीय श वदाह गृहमा आइपुग्ने आफन्तले अन्तिम अवस्थामा पनि सोध्छन्– ‘एकपटक मृ तकको अनुहार हेर्न मिल्दैन ?’ त्यस बेला श व व्यवस्थापनमा खटिएका सैनिक भावविह्वल हुन्छन्। मन भक्कानिन्छ तर सहनै पर्छ। रोगै यस्तो! सुरक्षित रूपमा पोको पारिएको श व खोल्न मिल्दैन।सानोतिनो गल्ती र असावधानीले पनि आफैं संक्रमित हुने जोखिम रहन्छ। आफ्नै ज्या न जोखिममा राखेर ज्यादै चुनौतीपूर्ण काम गर्दै आएका छन्, नेपाली सैनिकले। नेपाली सेनाले सबै
निकायको सहयोग र सहकार्यमा कोभिड–१९ श व व्यवस्थापन कार्यविधिअनुसार काम गर्दै आएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए।‘नेपाल सरकारले सेनालाई दिएको एउटा महत्वपूर्ण जिम्मेवारी हो। यो जिम्मेवारीलाई सबै निकायको सहयोग र सहकार्यमा सेनाले पूर्णरूपमा पूरा गर्दै आएको छ’, सैनिक प्रवक्ता पौडेलले भने, ‘धार्मिक, सांस्कृतिक तथा परम्परागत मूल्यमान्यतालाई आदर र सम्मान गर्दै काम गरिरहेका छौं।’
मोरङमा सीमित साधनस्रोतका कारण दिनभर पानीसमेत नपिई सैनिक जवान यो काममा खटिएका छन्। तर, कपितय श व घाट पुर्याइसक्दा कुनै बेला चितासमेत तयार हुँदैन। मृतकबाट संक्रमण फैलन नदिन जतिसक्दो चाँडो शव व्यवस्थापन गर्नुपर्ने हुन्छ। पर्सामा पनि पीपीई सेट र श व पोको पार्ने झोलाको अभाव हुन थालेको छ। यद्यपि, पूर्ण सावधानीका कारण कोही जनशक्ति संक्रमणमा परेका छैनन्।अन्नपूर्ण पोष्टमा खबर छ ।
चितवनमा खटिएका सैन्य अधिकारी भन्छन्– ‘हामी देशको खम्बा भएर बसेका छौं। खम्बा नै पछि हट्यो भने के काम लाग्यो र ? सेवा गर्न पाउनु संस्था र व्यक्तिका लागि गर्वको कुरा हो।’कोरोनाको डरभन्दा पनि राज्यले दिएको जिम्मेवारीलाई ठूलो मानेको बाँकेमा खटिएका सैनिकको भनाइ छ। ‘हामीले गर्नै पर्छ। सेनाले नगरे कसले गर्छ ? हामीबाहेक अरू कोही पनि छैन भनेर दिएको काम स्वास्थ्य मापदण्ड पालना गर्दै पूरा गरेका हौं’, ती सैनिकले भने।
काली दल एयरपोर्टका उपसेनानी उज्ज्वलवरसिंह थापा कोरोनाको पहिलो लहरमा कमान्डरका रूपमा श व व्यवस्थापनमा खटिएका थिए। थापा अहिले पनि त्यही भूमिका निर्वाह गरिरहेका छन्। उनी २०–२५ पटक यो काममा खटिएका छन्।