कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री — OSNepal

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

LC (KTM) June 17, 2021 0

लन्डन -बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को  चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताउनुभएको छ । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको बताइएको छ ।

उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभएको थियो– शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।

तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताउनुभएको थियो ।उहाँले यस विषयमा बेलायतका बैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताउनुभएको थियो । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर