महिलाको छुट्टै पार्टी खोल्न नपरोस् भन्दै माधव नेपाललाई कडा चेतावनी दिइन् झाक्रीले — OSNepal

महिलाको छुट्टै पार्टी खोल्न नपरोस् भन्दै माधव नेपाललाई कडा चेतावनी दिइन् झाक्रीले

LC (KTM) June 24, 2022 0

काठमाडौं :

शहरी विकास मन्त्री तथा नेतृ रामकुमारी झाँक्रीले महिलाको मात्रै अलग्गै पार्टी खोल्ने चेतावनी दिएकी छिन्। नेकपा एकीकृत समाजवादी पार्टीभित्र मन्त्री फेर्ने विवादले उग्र रूप लिइरहेका बेला माधव नेपाललाई चेतावनी दिँदै उनको यस्तो बताएकी हुन् ।

नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपाललाई नयाँ पार्टी खोल्न उक्साएकी मन्त्री झाक्रीले उनैलाई महिलाका लागि छुट्टै पार्टी बनाउने चेतावनी दिएकी हुन्।सरकारबाट फिर्ता हुने विषयमा छलफल गर्न बिहीबार कोटेश्वरस्थित माधव नेपालको निवासमा पुगेका मन्त्रीहरूले मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउन नहुने, एकै जिल्लाका दुई मन्त्री बनाउन नहुने, राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने र राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खिने शर्त अगाडि सारेका छन्।बैठकले मन्त्रीहरू हेरफेरको निर्णय केही घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ।

समाजवादीले झाक्रीसहितलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गत जेठ १७ गते नै गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर