टेलिशृखला परदेशी हजुर लिएर आए गायक सुभाष पुरी, यी चर्चित कलाकारहरुले अभिनय रुचाइयो • OSNepal

टेलिशृखला परदेशी हजुर लिएर आए गायक सुभाष पुरी, यी चर्चित कलाकारहरुले अभिनय रुचाइयो

Osnepal Admin (KTM) June 26, 2022 0

काठमाडौं । परदेसिएकाहरुको मर्मस्पर्शी कथा समेटिएको परदेशी हजुर नामक टेलिशृखलाको पहिलो भाग सार्वजनिक भएको छ । बढ्दो बेरोजगारी र चरम गरिबीका कारण युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबिच परदेसिनु आम युवाहरुको बाध्यता हो ।

पढ्ने लेख्ने बेलामा मेलापात र गोठालो जानु पर्ने, मुस्किलले पढेकाहरुले पनि उच्चशिक्षा राम्रोसँग पढ्न नसक्ने, पढिहाले पनि रोजगारीको अभाव लगायतका समस्याले आम नेपाली युवा वैदेशिका रोजगारीको लागि विदेश जान बाध्य भएको कथालाई परदेशी हजुरमा देखाउन खोजीएको छ ।

निर्देशक राजु गिरीको निर्देशनमा तयार भएको रिरियल ५२ भागसम्म प्रसारण्मा आउने निर्माता सुभाष पुरीले जानकारी दिए । निर्माता पुरीका अनुसार गाउँघरमा ठूला बढाका नाममा मनलाग्दी व्याज दिएर जबरजस्ती नेपाली कागजमा सिग्नेचर गर्न बाध्य बनाउने र चर्को व्याज असुल्ने समाजका घटनाहरुलाई नजिकबाट केलाइएको छ । निर्देशक गिरीकै लेखन रहेको शृखलामा लक्ष्मण बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुसोत्तम ढुंगाना लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

बिष्णु निराकरणको छायांकन रहेको टेलिशृखला हरेक शनिबार मेघ टेलिभिजनबाट र परदेशी हजुर नामक युट्युबबाट साढे ८ बजे प्रसारणमा आउने निर्माता पुरीले जानकारी दिए । सार्वजनिक टेलिशृखलाको गीत समिक्षा अधिकारीले गाएकी हुन् भने गीतमा शब्द राजु बस्नेतका रहेका छन् । सुमन केसीको एरेन्ज रहेको गीतको मिक्सिगं चन्द्र साउदको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *