नायिका श्वेता भट्टराईका श्रीमान् मिलनको कोरोनाका कारण दुखद निधन — OSNepal

नायिका श्वेता भट्टराईका श्रीमान् मिलनको कोरोनाका कारण दुखद निधन

LC (KTM) May 12, 2021 0

काठमाडौँ । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको नि धन भएको छ ।उनको मगंलबार कोरोनाको कारण दुखद नि धन भएको हो । फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत मिलनको निधन भएको बताएका हुन् ।

उनले लेखेका छन् ‘मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले नि धन भएको खबर सुनेर स्तब्ध भएको छु । अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर, सत्यको अगाडि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेता​लाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।’

सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छ । विवाहपछि अभिनय बाट टाढा भएकी स्वेताले रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’लगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर