नेपाली महिला क्रिकेट टोली आज बिहान स्वदेश आई पुग्ने — OSNepal

नेपाली महिला क्रिकेट टोली आज बिहान स्वदेश आई पुग्ने

LC (KTM) June 26, 2022 0

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली आज बिहान स्वदेश आई पुग्ने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले नेपाली टोली आज बिहान ६ बजे नेपाल आईपुग्ने जनाएको छ ।नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।

समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको हो । युएईले मलेसियालाई हराएर उपाधि जितेको थियो ।सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर