१ करोड १५ लाखमा ६० सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट निर्माण सुरु — OSNepal

१ करोड १५ लाखमा ६० सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट निर्माण सुरु

LC (KTM) May 12, 2021 0

काठमाडौँ । टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्टमा टीकापुर नगरपालिकाले २० लाख र जानकी गाउँपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । दुईवटा पालिकाले सघाउने भएपछि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण हुने अक्सिजन प्लान्टको क्षमता बढाउन पहल गरेको हो । १ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण हुने अक्सिजन प्लान्टले दैनिक ६० सिलिण्डर भर्न सक्ने अनुमान रहेको नगर उपप्रमुख केशरी विष्टले जानकारी दिनुभयो।

उपप्रमुख विष्टको अनुसार अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया सामाजिक विकास मन्त्रालयको सहमति लिएर अगाडी बढाइने जानकारी दिनुभयो । ‘नयाँ प्रक्रिया सुरु गर्ने गरी लिखित सहमति भयको र काम अगाडी बढाइएको उपप्रमुख विष्टले ओएस नेपाललाई जानकारी दिइन् । हाल बाँकेको नेपालगञ्जबाट व्यापारीमार्फत अक्सिजन आपूर्ति भएता पनि सहज भने नभएको बताइएको छ । अक्सिजन समयमा आपूर्ती हुन नसक्दा बिरामीले ठूलो समस्या झेल्दै आउनुपरेको छ र व्यतिगत रूपमा ठुलो चोट पुगेको बताउनु भयो ।

कोरोना महामारीको समयमा अस्पतालमा भनेको समयमा अक्सिजन उपलब्ध हुन नसक्दा स्थानीयहरुले समस्या भोगीरहेका छन् । कतिपयको ज्यानै समेत गइसकेको उपप्रमुख विष्टले बताइन् । अप्ठ्यारो परिस्थिीतिमा टिकापुरबासी सबै एकजुट भएर काम गर्दै देशविदेशबाट सहयोग जुटाएर आपतकालिन सहयोगमा पनि लागिपरिरहेकोमा नगर उपप्रमुख विष्टले सबैलाई धन्यवाद ज्ञापन गरेकी छिन् । उनले यो घडिमा टिकापुर सरोकार समुह, टिकापुर उद्योग बाणिज्य संघले देखाएको माया र गरेको सहयोग टिकापुरले कहिल्यै नबिर्सिने पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर