न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस र एपीएफको बिजयी सुरुवात — OSNepal

न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस र एपीएफको बिजयी सुरुवात

LC (KTM) June 28, 2022 0

बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफ क्लबले विजयी सुरुआत गरेका छन् । कीर्तिपुर कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । पुलिसले न्यु डायमन्डमाथि २५-१६, २५-१५ र २५-१५ को सेटमा जित निकालेको हो ।

यस्तै दोस्रो खेलमा एपीएफले परोपकार आदर्श माध्यमिक विद्यालयलाई ३-० को सोझो सेटमा हरायो । एपीएफले परोपकार आदर्श माविमाथि २५-११, २५-४ र २५-३ को सेटमा जित निकालेको हो । पाँच दिनसम्म चल्ने प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र परोपकार आदर्श मावि गरी चार टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर