मेसिनबाट धान रोप्दै एमाले अध्यक्ष ओली,तस्वीर लिनेको घुइचो — OSNepal

मेसिनबाट धान रोप्दै एमाले अध्यक्ष ओली,तस्वीर लिनेको घुइचो

LC (KTM) June 29, 2022 0

भक्तपुर – भक्तपुर सूर्यविनायक नगरपालिकाको सिरूटारमा बुधबार अखिल नेपाल किसान महासंघ,उपत्यका समन्वय समितिद्वारा आयोजित १९ ओैँ राष्ट्रिय राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसमा मेसिनबाट धान रोप्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस

समाज रुपान्तरणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ : अध्यक्ष झा
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समाज रुपान्तरणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको ‘सम्मान एवं असार १५’ कार्यक्रममा अध्यक्ष झाले समाज रुपान्तरणका लागि स्वच्छ, निश्पक्ष र विश्वसनीय पत्रकारिताको आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता, लोकतन्त्र र सुशासन नहुँदा समाज रुपान्तरण हुन सक्दैन, त्यसैले यी तीन पक्षलाई बलियो बनाउन आवश्यक छ ।” कार्यक्रममा शाखाले राससमा कार्यरत कर्मचारी तथा पत्रकारका छोराछोरीलाई ‘एसइई उत्तीर्ण (विसं २०७७) सम्मान’ प्रदान गरेको थियो ।

सोही अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई बालबालिकाको गुणस्तरीय शिक्षामा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउँदै उनीहरूका इच्छाअनुसार नै शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । शाखाका अध्यक्ष पवित्रा गुरागाईंले सम्मानित विद्यार्थीलाई आगामी दिनका लागि उज्वल भविश्यको कामना गर्दै आफ्नो कर्तव्यबाट विमुख नहुन पनि आग्रह गर्नुभयो । यस वर्ष सम्मानित हुनेमा स्वेच्छा थापा, अंकुरा पाण्डे, उन्नति सिल्वाल, प्रकृति अधिकारी, अमोघगोपाल रिसाल, सुप्रिया अधिकारी र जीवनबिमा सिंह हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर