न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटको तर्फबाट विधानसभा प्राथमिक निर्वाचनमा बिजयी — OSNepal

न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटको तर्फबाट विधानसभा प्राथमिक निर्वाचनमा बिजयी

LC (KTM) June 30, 2022 0

विजय थापा । बिश्व कै सम्राट राज्य न्यूयोर्क राज्यमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटको तर्फबाट राज्य विधानसभा प्राथमिक निर्वाचनमा बिजयी भएकी छिन । अर्को इतिहास कोरिएको छ । तर आगामी नोभेम्बर महिनामा श्रेष्ठले रिपब्लिकनका प्रतिद्वन्दीसंग भिड्नु पर्ने हुन्छ ।

उनले बाजी मरे पछि यो त शुरुवात मात्रै हो भनि सामाजिक संजालमा लेखेकी छिन । उनले १०३ औँ विधानसभा डेमोक्र्याटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालका केभिन काहिललाई पराजित गर्न सफल भएकी छिन ।
उनले मतदाता तथा सबैलाई उक्त क्षेत्रमा आस्चर्य बनाई दिएकी छिन ।श्रेष्ठको जितसंगै सन् १९९९ पछि पहिलो पटक १३ कार्यकालको बिजेता रहेका काहिल आगामी नोभेम्बरमा हुने विधानसभा चुनावमा प्रतिस्प्रद्धा गर्न पाउने छैनन् । उनको बाटो समाप्त भएको छ ।

अनौपचारिक नतिजा अनुसार श्रेष्ठले ५१ प्रतिशत मत ल्याएकी छन् भने वर्तमान सभासद् केभिन काहिलले ४७.५ प्रतिशत मत प्राप्त गरेका छन् । अनुपस्थित मतपत्रहरू अझै गणना गर्न बाँकी छ। श्रेष्ठ जो पहिलो पुस्ताकी नेपाली-अमेरिकी हुन । न्यूयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।

श्रेष्ठले गत मंगलबार राती ट्विट गर्दै अभियान जोडिने सबैलाई धन्यवाद दिएकी छिन ।काहिलले चुनावको नतिजालाई स्वीकार गरेका छन् । उनले ‘प्राथमिक निर्वाचनको नतिजा स्पष्ट छ र मेरो प्रतिद्वन्द्वी सराहना श्रेष्ठ विजयी भइन्,’ काहिलले भने ।

काहिलले आफुलाई मलाई गत ३६ वर्षको ३२ वटा सार्वजनिक कार्यालयमा हाम्रा समुदायहरूको सेवा गर्न अनुमति दिएको धन्यवाद लेखेका छन् ।‘सराहनाको जीत धेरैका लागि न्युयोर्क निर्माण गर्ने दिशामा ठूलो पाइला हो,’ श्रेष्ठलाई समर्थन गर्ने समूहले विज्ञप्ति जारी गर्दै भनेको छ ।

जीत संगै मेरिल्याण्डका बिधान सभा सदस्य डा ह्यारी भण्डारीले बधाई दिई सकेका छन् ।उनले आफ्नो सामाजिक संजालमा जुन २८, २०२२, अमेरिकाको नेपाली समुदायका लागि स्वर्णिम अक्षरले लेखिने दिन भएको बताएका छन् ।

डा भण्डारीले अग्रिम मतदान तथा अनुपस्थित मतदानको मत गणना भइ नसकेकाले उहाँको जीतले औपचारिकता पाउँन बाँकि भए पनि ९५ प्रतिशत मत गणना हुँदा ५१.८ प्रतिशत मत पाइसक्नु भएकाले उहाँको जीत सुनिश्चित छ भन्ने आफूलाई लागेको जनाएका छन् । उनले यही विश्वासको कारण उहाँलाई हार्दिक वधाइ तथा शुभकामना दिन चाहन्छु भनि सामाजिक संजालमा उल्लेख गरेका छन ।

यो जीत प्राथमिक निर्वाचन भए पनि डेमोक्रेटिक बाहुल्य निर्वाचन क्षेत्रमा श्रेष्ठको जीतको लागि लगभग औपचारिकता मात्र बाँकि रहेको डा भण्डारीको भनाई रहेको छ ।२०१९ मा मात्र अमेरिकी नागरिकता लिनु भएकी श्रेष्ठको यो सफलता एक मानक उपलव्धी हो भनि भण्डारीले उनको प्रशंसा गरेका छन् ।

श्रोत : डेलीफ्रीम्यान डटकम -सिक्री(लिंक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर