रोनाल्डोको सानो हर्कतले कोकाकोलाको शेयरमा गिरावट , कोकको बोत्तल हटाएर कराउँदै पानी मागेपछि भयो यस्तो बबाल — OSNepal

रोनाल्डोको सानो हर्कतले कोकाकोलाको शेयरमा गिरावट , कोकको बोत्तल हटाएर कराउँदै पानी मागेपछि भयो यस्तो बबाल

LC (KTM) June 17, 2021 0

सेलीब्रटीहरुको एक मात्र हर्कतले स्पोन्सरलाई कति असर पुग्छ भन्ने पछिल्लो पटक चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले साबित गरिदिएका छन् ।

युरोकप २०२० को प्रेस कन्फरेन्समा रोनाल्डोको एउटा मात्र सानो हर्कतले स्पोन्सर कोका कोलालाई ठुलो आर्थिक नोक्सान पुगेको छ । उनले प्रेस कन्फरेन्समा कोकको सट्टामा पानी पिउन प्रोत्साहन गरेपछि कोकाकोलाको सेयरमा ४ बिलियन डलर गिरावट आएको छ।

पोर्चुगलले हंगेरीसँग खेल खेल्नुअघि गरिएको प्रेस कन्फरेन्समा रोनाल्डाले आफु अगाडि राखिएको टेबलबाट दुईवटा कोकको बोतल हटाएर पानीको बोतल राखेका थिए। उनको यो हर्कतले कोकाकोलाको सेयर ५६.१७ डलरबाट ५५.२२ डलरमा पुगेको छ।

यसले कोकाकोला लाई ठुलो नोक्सानी ब्यहोर्नुपरेको छ । यस कम्पनीको बजार मूल्य २४२ बिलियन डलरबाट २३८ बिलियन डलरमा झरेको छ। कम्पनिले पनि यसबारे आफ्नो प्रतिक्रिया दिएको छ ।

कम्पनिले सबैले आफ्नो ड्रिङस रोज्न पाउने प्रतिक्रिया दिएको छ । युरोकप २०२० का प्रबक्ताले पनि आफ्नो धारण राखेका छन् । उनले प्रेस सम्मेलनका क्रममा कोकाकोला र कोकाकोला शून्य चिनीको साथमा पनि उपलब्ध गराइने गरिएको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर